हेटौंडामा एक युवतीको शव भेटियो

हेटौडा न्युज
२ असार २०७७, मंगलवार ०९:१८
;

मकवानपुर । हेटौंडामा एक युवती मृत अवस्थामा भेटिकएकी छिन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका-४ कर्राको सुर्यचोक नजिक कोठामा ती युवतीको शव फेला परेको हो ।

प्रहरीका अनुसार अन्दाजी २०/२२ वर्षीया ती युवतीको शव बन्दकोठाभित्र   फेला परेको हो । शवको पहिचान भने खुलिनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी ईन्द्रबहादुर रानाले बताए ।

युवतीले आफै आत्महत्या गरेको हो वा कसैले उनको हत्या गरिदिएको हो भन्ने विषयमा प्रारम्भीक जानकारी आउन बाँकी रहेको उनले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*