कर्रामा भेटिएको शवको पहिचान खुल्यो

मकवानपुर । हेटौंडाको कर्रामा मृत अवस्थामा फेला परेकी युवतीको पहिचान खुलेको छ । हेटौंडा उपमहानगरपालिका–४ कर्राको सुर्यचोक नजिक बन्द कोठाभित्र युवतीको शव फेला परेको थियो ।
मृतक युवती सोहि स्थानकी सुस्मिता थापा रहेको प्रहरीले जनाएको छ । उनी आफ्नै घरको कोठामा मृत फेला परेकी प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी ईन्द्रबहादुर रानाले बताएका छन् ।
यो पनि पढ्नुहोस् ।