विद्युत अवरुद्ध प्रति ध्यानाकर्षण, केन्द्र प्रमुखलाई ज्ञापन पत्र

हेटौडा न्युज
२ असार २०७७, मंगलवार १४:३५
;

मकवानपुर । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरले समय दैनिक रुपमा हुने गरेको विद्युत अवरुद्ध प्रति ध्यानाकर्षण गराउदै नेपाल विद्युत प्रधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । संगठनले आज केन्द्का प्रमुख योगेन्द्र ठाकुरलाई पत्र बुझाउदै विद्युत नियमित नहुदा जिल्लावासीको दैनिकीमा समस्या आएको गुनासो गरेका हुन् ।

देशमा लोडसेडिङको अन्त्य भइसकेको अवस्थामा पछिल्लो समयमा दैनिक रुपमा पटक पटक विद्युत जाने आउने समस्या बढेकाले यस समसया प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएकोले सो समस्या समाधानका लागि यथामसिध्र पल गर्न आग्रह समेत गरेको छ ।

देश कोरोना भाइरसको जोखिममा रहेको बेला विद्यालयहरुले पठनपाठन समेत अनलाईन मार्फत भइरहेको बेला विद्युत कटौतीका कारण विद्यार्थिहरुको अध्यापनमा समेत बाधा पुगेको गुनासो गरेका छन् ।

संगठनले विद्युत चुहावट रोकी, प्रधिकरण भित्र हुने गरेका अनियममितता नियन्त्रण गर्न आवश्यक कदम चाल्न समेत आग्रह गरेको छ । आफ्ना मागहरुलाई वेवास्ता गरिए संगठन आन्दोलनमा उत्रिन सक्ने चेतावनी समेत दिएका छ ।

ज्ञापन पत्र बुझ्दै केन्द्रका प्रमुख ठाकुरले विद्युत कटौतीको समस्या चौघडा फिडरमा बढि रहेकोले सो समस्या समाधानका लागि आफुले काम गरि रहेको बताए ।

चौघडा फिडरमा सबै भन्दा धेरै क्षेत्र समेटिएकाले दिनको ७/९ पटक सम्म विद्युत कटौति हुने गरेको ठाकु्ले बताए । सो फिडरलाई छुट्याएर हेटौंडा बजारलाई मात्र छुटै फिडर बनायने काम भइरहेको र करिब १५ दिन भित्रमा सो काम सकिए लगतै विद्युत कटौतिको समस्या समेत समाधान हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*