घरायसी ग्राहकको विद्युत महसुल घट्यो

काठमाडौँ । विद्युत नियमन आयेगले विद्युत महसुलको नयाँ दर निर्धारण भएको छ । असारदेखि नै लागु हुने गरी आयेगले नयाँ दर निर्धारण गरेको हो ।
आयोगले निर्धारण गरेको नयाँ दर अनुसार ५ एम्पियरको लाइन जोड्नेले डिमाण्ड शुल्क मात्र तरे पुग्छ । आयोगले डिमाण्ड शुल्क ३० रुपैयाँ तोकिएको छ । मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क गरिएको छ ।
१५ एम्पियरको लाइन जोड्नेलाई न्युनतम डिमाण्ड शुल्क ५० रुपैयाँ तोकिएको छ । १० युनिटसम्म खपत गर्नेले प्रतियुनिट ४ रुपैयाँ तिर्नुपर्नेछ ।
यस्तै ३० एम्पियरको लाइन जडान गर्नेले डिमाण्ड शुल्क ७५ रुपैयाँ र १० युनिटसम्म खपत गर्नेले प्रतियुनिट ५ रुपैयाँ तिर्नुपर्नेछ ।
यस्तै ६० एम्पियरको लाइन जडान गर्नेले डिमाण्ड शुल्क १ सय २५ रुपैयाँ र १० युनिटसम्म खपत गर्नेलाई प्रतियुनीट ६ रुपैयाँ तोकिएको छ ।
यस्तै ५ एम्पियर, १५ एम्पियर, ६० एम्पियर लाइन जडान गरी ४०० युनिटसम्म र सो भन्दा माथि विद्युत खपत गर्नेलाई फरक फरक दर तोकिएको छ ।
नयाँ महसुलको दर यस्तो छ: