शिक्षालयमै राष्ट्रिय झण्डाको कन्तविजोग

हेटौडा न्युज
५ असार २०७७, शुक्रबार १६:५९
;

मकवानपुर । हेटौंडा–१६ हटियामा रहेको जनप्रिय प्राविधिक शिक्षालयमा राखिएको नेपालको राष्ट्रिय झण्डा च्यातिएर विजोग भएको छ । शिक्षालयको गेटैमा राखिएको सो झण्डा घामपानीले मक्किएर च्यातिदा सम्म व्यवस्थापन पक्षले बेवास्ता गरेको पाइएको छ ।

पछिल्लो समय राष्ट्रियताको सवालमा चर्को आवाज उठिरहेको समयमा शैक्षिक क्षेत्रको गेटैमा रहेको नेपालको राष्ट्रिय झण्डा च्यातिएर विजोग हुँदा समेत सम्बन्धित निकाय भने वेखबर बनेको छ ।

बन्दै गरेको हेटौंडा उपमहानगरपालिका–१६ अन्र्तगत पर्ने धरान चतरा सडक खण्डबाट प्रष्ट देखिने सो शिक्षालय भएर दैनिक राजनैतिक, सामाजिक व्यक्तिहरु सो बाटो भएर दैनिक ओहोरदोहोर गरे पनि यस तर्फ कसैको पनि ध्यान जान सकेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*