मकवानपुरमा भारतीय गाडीको ठक्करबाट एकको मृत्यु

हेटौडा न्युज
९ असार २०७७, मंगलवार ०९:५४
;

मकवानपुर । मकवानपुरमा भारतीय गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

सोमबार साँझ हेटौँडा हुँदै चितवनतर्फ जाँदै गरेको एनएल १ एल २४७० नम्बरको भारतीय ग्यास बुलेटले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरी बस्ने ७३ वर्षीय जसबहादुर घिसिङ रहेका छन् ।

प्रहरीका अनुसार ठक्कर दिने ग्यास बुलेट र सो बुलेटका चालकलाई नियन्त्रणमा लिएको छ ।

बुलेट चालक भारत मोतिहारी जगदाका ५६ वर्षीय विजय मिश्रलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*