नगर सभाकै दिन, वडाध्यक्षहरु धर्नामा

हेटौडा न्युज
९ असार २०७७, मंगलवार ११:५२
;

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको लागि बजेट निकासा गर्न आज नगरसभा हुँदै छ। नगरसभा आयोजना हुँदै गर्दा नगरप्रमुख र वडा अध्यक्षहरु बिच विवाद चुलिएको छ ।

नगरसभामा प्रस्तुत हुने कार्ययोजनाबारे जानकारी नगराइएको भन्दै मंगलवार हुने भनिएको जनकपुरधाम उपमहानगरपालिकाको नगरसभाको विरोध गर्दै वडाध्यक्षहरुले कार्यालय अगाडि धर्नामा बसेका छन् ।

कार्यपालिकाको बैठकमा योजना तर्जुमा समितिले ल्याएको कार्ययोजना आफूहरुलाई अध्ययन नै गर्न नदिएको उनिहरुको आराप छ ।

आफुहरुलाई नगरप्रमुख लालकिशोर साहले समितीले ल्याएको कार्ययोजनामा जबरजस्ती हस्ताक्षर गर्न दबाव दिइर पारित गर्न लागेको भन्दै धर्ना बसेको उनिहरुले बताएका छन् ।

यसअघि सोमवार आफुहरुले माग गरेअनुसारको एजेण्डा सहितको कार्ययोजना नआएपछि वडाध्यक्षहरुले विरोध गर्दा नगरप्रमुख साह पक्षका केही वडाध्यक्ष र अन्य वडाध्यक्षहरुबीच केहीबेर विवाद भएको थियो।

प्रत्येक वर्ष उपमहानगरपालिकाको २० देखि २५ करोडसम्मको बजेट फ्रिज हुँदै आएकाले आफुहरु उक्त रकम कुन वडाको र किन फ्रिज भएको भन्ने जानकारी गराउनु पर्नेमा प्रमुख लालकिशोर साह तानशाही ढंगले प्रस्तुत हुँदै आएको वडाध्यक्षहरुको आरोप रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*