सुशान्तको फोटो सार्वजनिक गरेको प्रति दीपिकाको आक्रोश

हेटौडा न्युज
९ असार २०७७, मंगलवार १६:३८
;

बलिउड नायिका दीपिका पादुकोण फोटोग्राफरसँग आक्रोशित भएकी छिन् । सुशान्तको निधनपछि सामाजिक संजालमा उनको तस्वीर भाइरल भएको थियो । एक फोटोग्राफरले सुशान्तको पार्थिव शरीर रमशान घाटमा लैजादै गरेको भिडियो सार्वजनीक गरेको प्रति आक्रोशित बनेकी हुन् ।

दीपिका पादुकोणले नायक सुशान्त सिंह राजपुतको निधनपछि डिप्रेशनको बारेमा आफ्नो अनुभव शेयर गरिन् ।

फोटोग्राफरले सुशान्तको पार्थिव शरीर रमशान घाटमा लैजादै गरेको भिडियो शेयर गर्दै लेखेका थिए– ‘कृपया ध्यान दिनुहोस् । मेरो फोटो र भिडियो मेरो लिखित मञ्जुरीविना कुनै पनि प्लेटफर्ममा पोष्ट नगर्नुहोला ।’

दीपिकाले फोटोग्राफरको यो भनाइमा लेखेकी छिन्– ‘ठिक छ । तर, तपाइले भिडियो बनाए पोष्ट मात्र गर्नु हुदैन, यसलाई मोनेटाइज पनि गर्नुभएको होला । तर, तपाइले के यसमा उनको परिवारसँग अनुमती लिनु भयो त ?’

दीपिकाको यो भनाइलाई उनका फ्यानले समर्थन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*