एमसीसी खारेजको माग गर्दै बैद्धिक मञ्चको प्रदर्शन

हेटौडा न्युज
९ असार २०७७, मंगलवार १७:१३
;

मकवानपुर । हेटौंडाको बुद्ध चौकमा एमसीसी सम्झौता खारेज गर्न माग गर्दै मौन विरोध प्रदर्शन भएको छ । बौद्धिक मञ्च मकवानपुरद्वारा विरोध कार्यक्रममा सहभागीहरुले “इण्डो–अमेरिकी गठबन्धन खारेज गर”, “एमसीसी जाल हो, नेपाल खाने चाल हो” जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

मञ्चका अध्यक्ष विमल केशरी पौडेलको संयोजकत्वमा भएको मौन विरोध कार्यक्रममा कौशल पाण्डे, नवराज शर्मा, सुवास खनाल, पुरुषेत्तम आचार्य लगायतको सहभागिता रहेको थियो ।

पछिल्लो समय एमसीसी परियोजना सम्झौता सम्बन्धमा राजनैतिक दल सहित विभिन्न संघसंगठनहरुले देशकालागि राष्ट्रघाती हुने र विदेशी शक्तिको रणभूमि बनाउन सक्ने भन्दै विरोध, धर्ना गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*