बकैयामा चट्याङ लागेर २ जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा चट्याङ लागेर दुइजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बकैया गाउँपालिका–२ कालापानीका १७ बर्षीया सम्झना घिसिङ र २५ बर्षीया बिना घिसिङको चट्याङ लागेर मृत्यृ भएको हो ।
बुधबार राति पानीसंगै परेको चट्याङ लागेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्र बहादुर रानाले बताए ।
चट्याङ लागेर १४ बर्षीय किरण जिम्वा घाइते भएको र उसको स्थानिय दोभान स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
आफ्नो घरमा बसिरहेको अवस्थामा बर्षासंगै चट्याङ पर्दा सम्झनाको घटनास्थलमा र बिनाको दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।