मकवानपुरका ९ स्थानीय तहहरुको बजेट


मकवानपुर । मकवानपुरको ९ वटै स्थानीय तहहरुले आफ्नो निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । हिजो बुधबार मकवानपुरको बागमती गाउँपालिकाबाहेक अन्य सबै स्थानिय तहहरुले गाउँ/नगर सभाबाट वार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।
बजेटमा धेरैजसो स्थानीय तहले कृषि र स्वास्थ्य क्षेत्रमा बढी बजेट केन्द्रित गरेका छन् ।
हेटौंडाको २ अर्ब ८ करोड, कृषि प्रवद्र्धन लागि २ करोड
हेटौंडा उपमहानगरपालिकाले सातौं नगर सभाबाट आर्थिक बर्ष २०७७/०७८ का लागि अनुमानित बजेट सार्वजनिक गरेको छ । उपमहानगरले २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
उपमहानगरले ढल व्यवस्थापन, सरसफाई, विपद व्यवस्थापनका लागि ४ करोड, ७१ लाख रुपैयाँ, संस्थागत सेवा र सुशासनका लागि ३ करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ ।
उपमहानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ २३ करोड १४ लाख रुपैयाँ खर्चको अनुमान गरेको छ ।
बजेटमा कृषि प्रवद्र्धन लागि २ करोड रुपैयाँ बजेट रकम विनियोजन गरेको छ । संक्रमण रोग रोकथाम नियन्त्रण र उपचार अन्तर्गत नगरवासी कोरोना संक्रमणबाट मृत्यु भएमा उनको परिवारलाई राहत स्वरुप ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
थाहा नगरको ८० करोड, आयात घटाउन, निर्यात बढाई आत्म निर्भरतासहितको नीति
जिल्लाको उत्तरी क्षेत्रको थाहा नगरपालिकाले ८० करोड ५६ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार बसेको नगरसभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसमेत पारित गरेको हो ।
कृषि उत्पादन तथा पशुपालन, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जनालाई महत्व दिइएर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको नगर प्रमुख लवशेर विष्टले बताए ।
बाँझो जग्गालाई उत्पादनमा प्रयोग गर्न गरिने, उन्नत जातका वीवविजन तथा मल खाद्यको समेत व्यवस्था गरिने, आधुनिक औजारको प्रयोगमा जोड दिइने र कृषि अनुदान वितरण गरिने जस्ता विषय प्रातमिकतामा राखिएको उनले बताए ।
थाहा नगरले आयात घटाउन, निर्यात बढाई आत्म निर्भरतासहितको नीति सार्वजनिक गरेको छ ।
हेर्नुहोस् नीति, कार्यक्रम तथा बजेटको पूर्णपाठ
Thaha Nagar Niti & Programme 10 Asar 2077-078बकैयाको ६५ करोड, खरको छानामुक्त गाउँपालिका निर्माण
बकैया गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६५ करोड १९ लाख ६९ हजारको बजेट प्रस्ताव गरेको छ । आन्तरिक आयस्रोत ६ करोड ८२ लाख ६० हजार हुने अनुमानसहित बजेट पेश गरिएको हो ।
नेपाल सरकारबाट ५० करोड १० लाख २२ हजार २३० रुपैयाँ र बागमती प्रदेश सरकारबाट ८ करोड २६ लाख ८७ हजार रुपैयाँ प्राप्त भएको जानकारी दिइएको छ ।
त्यसैगरी कार्यक्रम तथा बजेटको आय व्यव विवरण सबैले देख्ने गरी सार्वजनिक स्थानमा टाँस गर्ने प्रस्ताव पनि गरिएको छ । खरको छानामुक्त गाउँपालिका निर्माणका लागि विपन्न वर्ग, द्वन्द्वपीडित, सहीद परिवार र सिमान्तकृत परिवारलाई प्राथमिकतामा राखेर जस्ताको छाना छाउने प्रयोजनका लागि अनुदान व्यवस्था गरिएको प्रस्ताव समेत गरिएको छ ।
हेर्नुहोस् नीति, कार्यक्रम तथा बजेटको पूर्णपाठ
bakaiya नीति कार्यक्रम तथा बजेटराक्सिराङको ५९ करोड, स्थानीय स्रोतबाट ३ करोड ३२ लाख संकलन गर्ने लक्ष्य
मकवानपुरको राक्सिराङ गाउँपालिकाले कूल ५१ करोड १५ लाख, २० हजार २ सय ७७ रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ । सातौँ गाउँसभाको अधिवेशन बैठकमा अनुमानित बजेट र वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
गाउँपालिकाले आन्तरिक आम्दानी ३ करोड ३२ लाख, चालु आर्थिक वर्षको बचत ३ करोड, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानसमेत समेटेर बजेट सार्वजनिक गरेको हो ।
चालु खर्चतर्फ २९ करोड ९२ लाख र पुजीँगत खर्चतर्फ २१ करोड ३८ लाख खर्च हुने अनुमान गरेको छ ।
संघीय सरकारबाट ३६ करोड ७० लाख ९७ हजार २ सय ७७, प्रदेश सरकारबाट ८ करोड २७ लाख ३३ हजार प्राप्त हुने र स्थानीय स्रोतबाट ३ करोड ३२ लाख संकलन हुने अनुमान गरेर आगामी आवको अनुमानित बजेट सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिए ।
हेर्नुहोस् नीति, कार्यक्रम तथा बजेटको पूर्णपाठ
Raksirang_gaupalika_bujjetइन्द्रसरोवरको ५० करोड, कृषि क्षेत्रमा विभिन्न रोजगारमुखी कार्यक्रम
इन्द्र सरोवर गाउँपालिकाले ५० करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । बुधबार बसेको गाउँसभाको बैठकमा वार्षिक नीति तथा कार्यक्रम समेत सार्वजनिक गरिएको हो ।
कृषि र पर्यटनलाई रोजगारसंग जोडेर नीति कार्यक्रम प्रस्तुत गरेको गाउँपालिकाले जनाएको छ ।
कृषि क्षेत्रमा विभिन्न रोजगारमुखी कार्यक्रम निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिए ।
प्रस्तुत गरिएको बजेट अर्को गाउँसभाको बैठकबाट पारित हुने जनाइएको छ ।
मनहरीको ७६ करोड, राजश्वबाट १५ करोड ६३ लाख ९६ हजार प्राप्त हुने अनुमान
मनहरी गाउँपालिकाले ७६ करोड १६ लाख ३५ हजार ४ सय २० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । बुधबार बसेको गाउँसभा बैठकमा उपाध्यक्ष मनिला विष्टले अनुमानित बजेट र बार्षिक नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेकी हुन् ।
उक्त विनियोजित रकम खर्च गर्नको लागि नेपाल सरकार वित्तिय समानिकरणबाट रु १२ करोड ५५ लाख, बागमती प्रदेश सरकार वित्तिय समानिकरण अनुदानबाट रु १ करोड ३८ लाख ४ हजार, नेपाल सरकार सशर्त अनुदानबाट १८ करोड ४४ लाख, बागमती प्रदेश सशर्त अनुदानबाट २ करोड ५४ लाख ५५ हजार, राजश्वको स्रोत बाँडफाँडबाट १५ करोड ६३ लाख ९६ हजार ४ सय २० प्राप्त हुने गाउँपालिकाले अनुमान गरेको छ ।
त्यसैगरी बन रोयल्टीबाट ५० लाख, अन्य सशर्त अनुदान, सामाजिक सुरक्षा रकम तथा आन्तरिक राजश्व परिचालनबाट २५ करोड ४५ लाख प्राप्त हुने अनुमान गरीएको छ ।
मकवानपुरगढीको ५९ करोड
मकवानपुरगढी गाउँपालिकाले ५९ करोड ७५ लाख ७ हजारको अनुमानित बजेट पेश गरेको छ । आयतर्फ संघीय सरकार र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान १० करोड ९० लाख ५८ हजार, राजस्व बाँडफाँटबाट १६ करोड ११ लाख ५९ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै आन्तरिक आय २ करोड ९१ लाख ३० हजार प्राप्त हुने अनुमान, त्यसैगरि संघीय र प्रदेश सरकार सशर्त अनुदान २२ करोड ५ लाख ६० हजार, समपूरक अनुदान ५ करोड, विशेष अनुदान २ करोड ७६ लाख प्राप्त हुने अनुमान गाउँपालिकाले गरेको छ ।
बजेटमा पुँजीगततर्फ ३२ करोड ६९ लाख ४७ हजार अर्थात ५४ दशमलव ७१ प्रतिशत र चालुतर्फ २७ करोड ५ लाख ६० हजार अर्थात ४५ दशमवल २९ प्रतिशत विनियोजन गरिएको छ ।
भीमफेदीको ५६ करोड, किसानलाई युरिया मल निशुल्क वितरण गरिने
भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि ५६ करोड ८७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले ‘महामारीले सबै युवा गाउँघर, बाँझो जमिन बनाऔँ उर्बर’ भन्ने मूल नाराका साथ आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
आगामी बजेटमा पूर्वाधार विकासको लागि १६ करोड, सुशासनतर्फ ६७ करोड, आर्थिक विकासतर्फ ४ करोड ६६ लाख, सामाजिक विकासमा ५ करोड, वन तथा वातावरणमा १ करोड ६४ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।
आगामी बजेटमा पूर्वाधार विकासको लागि १६ करोड, शुशासनतर्फ ६७ करोड, आर्थिक विकासतर्फ ४ करोड ६६ लाख, सामाजिक विकासमा ५ करोड, बन तथा वातावरणमा १ करोड ६४ लाख रुपैँया विनियोजन गरेर बजेट सार्वजनिक भएको अध्यक्ष हिदम लामाले बताए ।
प्रत्येक किसानलाई युरिया मल निशुल्क वितरण गरिने भएको छ । खरको छानो विस्थापित गर्ने काम सुरु गरिएको छ ।
कैलाशमा ४३ करोड, किसानलाई मलमा प्रतिकेजी २ रुपैँया अनुदान
कैलाश गाउँपालिकाले ४३ करोड ७२ लाख ५९ हजार ७ सय ४० रुपैयाँको बजेट ल्यासार्वजनिक गरेको छ । गाउँसभाको बैठकमा आगामी आर्थिक वर्षको अनुमानित बजेट र वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।
गाउँपालिकाम अध्यक्ष टंक मोक्तानले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, सडक सञ्जाल, आर्थिक विकास, कृषि र स्वरोजगारलाई प्राथमिकता दिइने बताए ।
गाउँपालिकाले किसानलाई मलमा प्रतिकेजी २ रुपैँया अनुदान दिने तथा शिक्षा क्षेत्रको विकास र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।