सवारी दुर्घटनामा मकवानपुरकी धितालको मृत्यु, ४ घाइते

हेटौडा न्युज
१५ असार २०७७, सोमबार २१:०६
;

मकवानपुर । चितवनको भरतपुरमा दुर्घटनामा परी मकवानपुरकी एक महिलाको मृत्यु भएको छ । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर-१९ सत्र किलोमा स्कार्पियो र भारतिय बुलेट ग्यास ठोक्किएर भएको दुर्घटनामा मकवानपुरकी एक महिलाको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मुग्लिनबाट नारायणगढतर्फ आईरहेको बा १३ छ ५९२९ नम्बरको स्कार्पियो र विपरीत दिसाबाट गइरहेको NL01Q5106 नम्बरको ग्यास बुलेट एक आपसमा ठोक्किएको थियो ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-५ बस्ने ४८ वर्षीय प्रभा गौतम रहेको प्रहरीले जनाएको छ । त्यसैगरी घाईते हुनेमा सोही स्थान बस्ने ५३ वर्षीय कृष्ण धिताल, २७ वर्षीय वर्षा धिताल, २५ वर्षीय अनुज धिताल र स्कार्पियो चालक ४५ वर्षीय राजन घिमिरे रहेका छन् ।

घाईतेमध्ये अनुज र स्कार्पियो चालक राजनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएकी प्रभा गौतमको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो, भने अन्यको पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ ।

बुलेट ग्यासका चालक फरार रहेकोले खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*