दुर्घटनामा घाईते भएका अनुजको पनि मृत्यु

हेटौडा न्युज
१६ असार २०७७, मंगलवार ०८:११
;

मकवानपुर । चितवनको भरतपुरमा भएको स्करपियो दुर्घटनामा घाईते भएका १९ वर्षका अनुज धितालको पनि मृत्यु भएको छ । भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान अनुजको पनि निधन भएको प्रहरीले जनाएको छ ।

हिजो देखिनै बेहोस अवस्थामा रहेका अनुजको आज बिहान साढे चार बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

धिताल सहित दुर्घटनामा घाइते भएका तीनै जनालाई भरतपुरमा आइसीयुमा राखेर उपचार भइरहेको छ । कृष्ण धिताल र उनकी छोरी भने खतरामुत्त रहेको प्रहरीले जनाएको छ ।

नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर(१९ सत्र किलोमा स्कार्पियो र भारतिय गाडीसंग ठोक्किएर भएको दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतम धितालको मृत्यु भएको थियो भने धितालसहित चार जना घाइते भएका थिए।

सोमबार सांझ साढे पाँच बजेको समयमा भएको दुर्घटनामा परि घाइते भएकी धितालकी श्रीमती प्रभा धितालको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।

दुर्घटनामा घाईते भएका कृष्ण धिताल, छोरी वर्षा धिताल र सबारी चालक राजन घिमिरेको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*