हेटौंडाबाट तास खेलिरहेका पाँच जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले तास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीबाट तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले हेटौँडा–७ नागस्वतीमा रहेको मासु पसलमा तास खेल्दै गरेका पाँचजनालाई ७४ हजार नगद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तास खेलिरहेका ८ जना मध्ये ३ जना भाग्न सफल भएको प्रहरीले जनाएको छ ।