अन्ततः कक्षा ११ को परीक्षा नहुने

मकवानपुर । यस बर्षको कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । केही दिन पहिले बैशाख २१ गतेबाट कक्षा ११ को परीक्षा हुने तालिका भएपनि पछिल्लो समय विश्वव्यापी रुपमा आएको कोरोना भाईरसले नेपालमा समेत जोखिम बढाईरहेकाले परीक्षा नलिने निर्णय भएको छ ।
सरकारले कक्षा ११ को परीक्षा सम्बन्धि कार्यविधि तयार गर्न राष्ट्रिय परीक्षा बोर्डलाई कार्यविधि तयार गर्न निर्देशन दिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डको कार्यविधि अनुसार कलेज वा उच्च माविले आन्तरिक परीक्षा मूल्यांकनद्वारा सो कक्षाका विद्यार्थीले प्राप्तांक पाउने जनाईएको छ ।