बाढीले बगाउँदा माडीका तामाङको मृत्यु

हेटौडा न्युज
२७ असार २०७७, शनिबार १२:३७
;

चितवन । चितवनमा बाढीले बगाएर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको माडीमा बाढीले बगाउँदा एक जनाको मृत्युु भएको हो ।

मृत्यु हुनेमा चितवनको माडी नगरपालिका–८ का पूर्वसिंह तमाङ (सुरज) रहेको  प्रहरीले जनाएको छ ।

मृतक तामाङको शव माडी नगरपालिका–६ सिमरा र कल्याणपुरको बीचमा रिउ खोला नजिक भेटिएको हो ।

रिमाल खोला तर्ने क्रममा मृतक तामाङलाई खोलाले बगाएको प्रहरीको प्रारम्भीक अनुसन्धान रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*