पेस्तोल र बमसहित विप्लव समूहका पूर्वी कमान्डका सैन्य इन्चार्ज पक्राउ

हेटौडा न्युज
३१ असार २०७७, बुधबार १२:४१
;

मोरङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका पूर्वी कमान्डका सैन्य इञ्चार्ज पक्राउ परेका छन् ।

प्रहरीले मंगलबार दिउँसो ४० वर्षीय नन्दकिशोर भन्ने नन्दबहादुर बोहोरालाई हतियारसहित पक्राउ गरेको हो ।

उर्लाबारी नगरपालिक ३ मंगलबारेस्थित आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा बोहरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिएका छन् ।

बोहोराबाट प्रहरीले एक थान कटुवा पेस्तोल, तीन थान गोली, सकेट बम, केही थान सिम बरामद गरेको प्रहरीले जनाएको छ ।

डिएसपी राईका अनुसार उनी विभिन्न मुद्दाका फरार प्रतिवादी समेत हुन्।

उनले यसअघि विभिन्न ठाँउमा विस्फोटक पदार्थ राखेको, बम विस्फोटन गराएका र हातहतियारसम्बन्धी विभिन्न घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*