दुई किलो अफिमसहित दुई जना पक्राउ

हेटौडा न्युज
३१ असार २०७७, बुधबार १३:३६
;

रुकुम पश्चिम ।  दुई किलो अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । होटलमा लुकेर बसेका जाजरकोटको नलगाड नगरपालिका ४ का ३४ वर्षीय विनोद रावल र वडा नम्बर २ का २९ वर्षीय टेकबहादुर रावललाई प्रहरीले पक्राउ गरेको हो ।

आठबीसकोट नगरपालिकाको चिसापानीमा रहेको ममता होटलमा लुकेर बसेको उनीहरुलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

पक्राउ परेका उनीहरुबाट दुई किलो अफिम, तीन वटा मोबाइल सेट र मोबाइल चार्ज गर्न प्रयोग गरिने पावर बैंक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*