सुस्मिता हत्याका आरोपी ४ जना पुर्पक्षमा, ज्वाईलाई पक्राऊ पूर्जी

हेटौडा न्युज
३१ असार २०७७, बुधबार १५:५५
;

मकवानपुर । गत आषाढ २ गते हेटौंडा वडा नम्बर–४, सूर्यचौकमा घटेको हत्याकाण्डका आरोपी ४ जनालाई नै पुर्पक्षका लागि जेल चलान गरिएको छ । सो स्थानकी २६ बर्षीया सुस्मिता थापाको हत्या प्रकरणका आरोपीलाई आज बुधबार भएको अदालतको आदेशले जेल चलान गरिएको हो ।

सोमबार देखि भएको थुनछेक बहस पछि जिल्ला अदालत मकवानपुरकी जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल ईजलासले पुर्पक्ष थुनाको लागि आज आदेश दिएको हो ।

जिल्ला अदालत मकवानपुरले आज गरेको आदेशमा हत्यामा षडयन्त्र अभियोगमा संलग्न भएको र हाल फरार रहेको भन्दै अरुण कार्की बिरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले बताएका छन ।

मृतक थापाको माईती पक्षले ससुरा प्रकाश थापा, नन्द सीता थापा, सासु तुलसी कुमारी थापा, आमाजु २७ बर्षीया दुर्गा थापा र हत्यामा षडयन्त्र गरेको भन्दै उनका पति ३४ बर्षीय अरुण कार्की विरुद्ध किटानी जाहेरी समेत दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले हाल नियन्त्रणमा रहेका ४ जनालाई गत आषाढ १५ गते पक्राऊ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*