पहिरोले पुरिएका एक जनाको शव फेला, चार जना बेपत्ता ( अपडेट)

सिन्धुपाल्चोकमा गएराति पहिरोले पुरिदाँ एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।
भोटेकोशी गाउँपालिका वडा नम्बर ४ मा गएराति पहिरोले दुई वटा घर पुरिँदा एकै परिवारका ४ जना वेपत्ता भएका छन् ।
स्थानीय ज्ञान्जेन शेर्पाको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ३४ वर्षकी निमा साङ्मु शेर्पाको मृत्यु भएको हो ।
उनकी आमा ७० वर्षीया समबुट्टी शेर्पा, बहिनी ३५ वर्षीया सेम्साङ शेर्पा र छोरीहरु १५ वर्षीया याङ्जी र १२ वर्षीया आङ्मु बेपत्ता भएका वडाअध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिएका छन् ।