किशोरीलाई बन्धक बनाई यातना दिएको आरोपमा राउत पक्राउ

हेटौडा न्युज
१ श्रावण २०७७, बिहीबार १४:२८
;

१९ वर्षीया किशोरीलाई बन्धक बनाई यातना दिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–८ ससिडोल बस्ने ३३ वर्षीय सुरज राउत रहेका छन् ।

विगत ८ महिनादेखि राउतकै घरमा बस्दै आएकी ती किशोरीलाई बन्धक बनाई यातना दिएको भन्ने जानकारीका आधारमा उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग सिरुटार र महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको प्रकरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*