स्थानीय बासिन्दाले ढुंगामुढा प्रहार गर्दा दुई प्रहरी घाइते

बाजुरामा स्थानीय बासिन्दाले ढुंगामुढा प्रहार गर्दा दुई जना प्रहरी घाइते भएका छन् ।
घाईते हुनेमा असई दिलिप सिंह महरा र प्रहरी जवान भीम बहादुर रौले घाइते रहेका छन् । बुढीनन्दा नगरपालिका वडा नम्बर ७ वेतालमण्डौंमा होटल व्यवसाय गर्ने पारस रावलसँग वडा अध्यक्ष भुवन केसीका छोरासहित युवाको एक समुहले कुटपिट गरेको भन्ने सूचनापछि प्रहरी घटनास्थल पुगेको थियो।
बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेका अनुुसार घटनामा संलग्नहरुको खोेजी गरिरहेको प्रहरी टोलीमाथि गाउँलेले ढुंगामुढा प्रहार गरेका हुन् ।
घाइतेहरुको बयलपाटा अस्पताल अछाममा उपचार भइरहेको उनले बताए ।
प्रहरीमाथि आक्रमण गर्नेहरुको खोजी भइरहेको छ।