अमिताभ र अभिषेकले १२ दिनमा जिते कोरोना

मकवानपुर । बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना संक्रमण जित्न सफल भएका छन् । भारतिय मिडियाका अनुसार उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
अमिताभसंगै उनका छोरा अभिषेक बच्चनले पनि कोरोनालाई जित्न सफल भएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि मुम्बाईको नानावटी अस्पतालमा भर्ना भएका अमिताभ र अभिषेकले १२ दिनमै कोरोनालाई जित्न सफल भएका हुन् ।
उनीहरुको कोरोना नेगेटिभ देखिएपनि एक दुई दिन अस्पतालमै डाक्टरको निगरानीमा रहनुपर्ने बताइएको छ ।
उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी रहेको बताइएको छ ।
त्यस्तै अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्याको कोरोना रिपोर्ट भने आउन बाकीँ रहेको जनाइएको छ ।