आईपीएल १९ सेप्टेम्बरदेखि सुरु हुने

काठमाडौं । १३ औँ संस्करणको आईपीएल (इण्डियन प्रिमियर लिग) प्रतियोगिता हुने सयुक्त अरब इमिरेट्स (यूएईमा) हुने भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस बीच आउँदो १९ सेप्टेम्बरपछि आइपीएल सुरु हुने भएको हो ।
आईपीएलका अध्यक्ष बृजेश पटेलले समाचार एजेन्सी पीटीआईलाई यसबारेमा जानकारी दिएका हुन् । प्रतियोगिताको फाइनल ८ नोभेम्बरमा हुने तय भएको छ ।