५ लाख ५३ हजार घुस रकमसहित डिएफओ पक्राउ
काठमाडौं । ५ लाख ५३ हजार घुस रकमसहित डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डिएफओ) रामबाबु साह पक्राउ परेका छन् ।
घुस लिएर रौतहट जाँदै गरेको सूचनाको आधारमा अख्तियारको टोलीले डिभिजन प्रमुख र उनको श्रीमतीको साथबाट स्रोत नखुलेको ५ लाख ५३ हजार नगद फेलापारी कोशी गाउँपालिका ८ सुनसरीबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथले अधिकारी जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।