विषालु च्याउ खाँदा ८ वर्षीय बालकको मृत्यु, चार जना घाईते

हेटौडा न्युज
१२ श्रावण २०७७, सोमबार ११:३५
;

कैलाली । डडेल्धुरामा विषालु च्याउ खाँदा ८ वर्षीय बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

विषालु च्याउको तरकारी खाँदा नवदुर्गा गाउँपालिका– ३ का ललित धामीको मृत्यु भएको हो ।

च्याउ खाएर बिरामी भएका धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै विषालु च्याउ खाएर बिरामी भएकी बालककी आमा बिस्ना धामी र तीन दिदीबहिनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*