नक्कली बहुमुल्य ढुंगा देखाई ५० हजार ठगी गर्ने ४ जना पक्राउ

हेटौडा न्युज
१२ श्रावण २०७७, सोमबार १८:३३
;

काठमाडौं । नक्कली बहुमुल्य ढुंगा देखाई ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले फलेवास नगरपालिका– ५ खानिगाउँ बस्ने ४० वर्षीय निर्मल विक, निज विककी श्रीमती ३६ वर्षीया गुमा विक, जलजला गाउँपालिका३ डेरा गरी बस्ने बागलुङ, बागलुङ नगरपालिका९१४ बलेवा घर भएका ३५ वर्षीय मञ्जिल शाह र म्याग्दी बेनी नगरपालिका९२ ज्यामरुक घर भई सोही नगरपालिका९७ हुलाकचोक डेरा गरी बस्ने २४ वर्षीय मनिष बोहोरालाई प्रहरीले पक्राउ गरेको हो ।

हाल रुपन्देही बुटवल–८ सुख्खाटोल बस्ने देव बहादुर मल्ललाई आफूसँग बहुमूल्य ढुंगा छ भन्दै लोभ देखाई ५० हजार लिएर पत्नी गुमाको नाममा पठाएको प्रहरीले जनाएको छ । उक्त ढुंगा नक्कलीसमेत भएको अनुसन्धानको क्रममा खुल्न आएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उपर मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*