बलिउडका यी चर्चित सात अभिनेत्री, कसको कति उचाइ ?

काठमाडौँ । चलचित्र कलाकारिता क्षेत्रमा मुख्यतया अभिनयको प्रतिभाले विशेष मान्यता राख्ने गर्दछ । अभिनयको क्षमताले नै कलाकारको पहिचान बन्ने गर्दछ । तर अहिलेको वर्तमान परिप्रेक्षमा अभिनयको साथ साथै अभिनेता तथा अभिनेत्रीहरु शारीरिक बनोटले पनि अर्थ राख्न थालेको छ । साथै अभिनय क्षमतासँगै अभिनेता अभिनेत्रीहरुको उचाइले विशेष प्राथमिकता पाउने गर्दछ ।
यसैगरी मानिसले अहिले विभिन्न सर्च इन्जिनहरुमा कुन अभिनेत्री तथा अभिनेताको उचाइ कति रहेको छ भनेर खोजिगरेको पाइन्छ । यसै क्रममा यहाँ बलिउडका केही अभिनेत्री उचाइकाबारे चर्चा गर्न खोजिएको छ ।
१. सोनम कपुर : बलिउडका चर्चित अभिनेता अनिल कपुरकी छोरी हुन् सोनम कपुर । उनले संजय लिला भन्सालीद्वारा निर्देशित चलचित्र सावरियाबाट बलिउड प्रवेश गरेकी हुन् । उनको सुन्दरता तथा उचाइको सबैले तारिफ गर्छन् । उनको उचाइ ५ फिट ११ इन्च रहेको छ ।
२. डायना पेन्टी : भारतीय मोडेल तथा अभिनेत्री हुन् डायना पेन्टी । उनले सन् २००५ बाट आफ्नो मोडलिङ करियरको शुरुवात गरेकी थिइन् । उनले हिन्दी कथानक चलचित्र ककटेलबाट बलिउडमा प्रवेश गरेकी हुन्। उनको उचाइको सबै प्रेमी छन् । उनको उचाइ ५ फिट १० इन्च रहेको छ ।
३. दीपिका पादुकोण : दीपिकाको सौन्दर्यता र अभिनय क्षमताले सबैलाई आकर्षित गर्ने गर्छ । भारतीय सिनेमा जगतमा उनी सबैभन्दा बढी पारिश्रमीक लिने अभिनेत्रीमा पर्दछिन् । उनले बलिउडमा चर्चित अभिनेता शाहरुख खानद्वारा अभिनित चलचित्र ‘ओम शान्ति ओम’बाट प्रवेश गरेकी थिइन् । उनको उचाइ ५ फिट ९ इन्च रहेको छ ।
४. अनुष्का शर्मा : ‘रब ने बना दि जोडी’ चलचित्रबाट बलिउडमा प्रवेश गरेकी अनुष्का शर्माको जन्म उत्तर प्रदेशको अयोध्यामा भएको थियो । उनको अभिनयलाई मन पराउने भारतमा मात्र नभएर सारा विश्वमा छन् । उनी पनि बलिउडकी अग्ली अभिनेत्री मध्ये गनिन्छन्। उनको उचाइ ५ फिट ९ इन्च रहेको छ ।
५. कट्रिना कैफ : कट्रिना कैफलाई मन नपराउने सायदै कोहि होलान् । उनको सौन्दर्यतालाई मात्र नभएर उनको अभिनय क्षमताको थुप्रै प्रशंसकहरु रहेका छन् । उनले सन् २००३ मा निर्माण भएको चलचित्र बुमबाट बलिउडमा प्रवेश गरेकी हुन् । उनको उचाइ ५ फिट ८ इन्च रहेको छ ।
६. कृति सेनन : पछिल्लो समय नयाँ पुस्ताकी लोकप्रिय अभिनेत्री हुन् कृति सेनन । तेलगु सिनेमामा डेब्यू गरेपछि उनले सन् २०१४ मा निर्माण भएको चलचित्र हिरोपन्तीबाट बलिउडमा प्रवेश गरेकी हुन् ।
७. शिल्पा शेट्टी : शिल्पा शेट्टी पनि बलिउडकी अग्ली अभिनेत्रीहरु मध्ये एक हुन् । ९० को दशकमा बलिउडमा प्रवेश गरेपनि उनी अझैपनि अहिलेका पुस्ताका अभिनेत्रीहरुलाई बारबार टक्कर दिने हिम्मत राख्छिन् । पछिल्लो समय उनको चलचित्र नआए पनि उनी टेलिभिजन कार्यक्रममा सक्रिय छिन् ।
स्रोतः क्यानाडा नेपाल