अनुष्का र विराटले बाढी पीडितलाई सहयोग गर्ने

हेटौडा न्युज
१५ श्रावण २०७७, बिहीबार १२:४५
;

काठमाडौं । बलिउड कलाकार अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले आसाम र विहारका बाढी पीडितलाई पनि सहयोग घोषणा गरेका छन्।

इन्स्टाग्राममा एक सन्देश प्रवाहसहित सहयोग गर्ने बताएका हुन्। उनीहरुले लेखेका छन्,ुदेश कोरोना भाइरस महामारीको चपेटमामा छ । सँगै आसाम र विहारका मानिसहरू बाढीसँग जुँध्न बाध्य छन्। उनीहरूको दैनिकी मात्र होइन पूरा जीवन प्रभावित छ। उनीहरूले ती प्रभावितका लागि कामनासहित सहयोग गर्ने बताएका हुन् ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि भन्दै प्रधानमन्त्री राहत कोष र महाराष्ट्रको मुख्य मन्त्रीको कोषमा आर्थिक सहयोग गरेका थिए।

विरुष्काले एक्सन एड इन्डिया, र्‍यापिड रेस्पोन्स र गूनी नामक तीन संस्थाहरूमार्फत पीडितसम्म राहत पुर्‍याउने जनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*