पृथ्वी राजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
भारी वर्षाका कारण पहिरो झर्दा सडक दुईतर्फी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
पहिरो पन्छ्याउन केही समय लाग्ने जनाइएको छ ।