हेटौंडाको आइसोलेसन वार्डबाट हालसम्म २६ जना डिस्चार्ज

हेटौडा न्युज
१७ श्रावण २०७७, शनिबार ११:०५
;

मकवानपु्र । हेटौंडाका थप एक जनाले कोरोना भाइरससँग जित हाँसिल गरेका छन् । मकवानपुरको हेटौंडास्थित रहेको कर्रा आईसोलेसन वार्डबाट शुक्रबार हेटौंडा –११ का एक व्यक्ति कोरोना मुक्त भएर घर फर्किएका हुन् ।

उक्त कोरोना संक्रमित व्यक्तिमा पछिल्लो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज गरिए संगै संक्रमण मुक्त भएर घर फर्किनेको संख्या २६ पुगेको छ ।

आईसोलेसन वार्डमा सक्रिय संक्रमितको संख्या ५ जना रहेको कर्रा आईसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*