कोरोनाको महामारी सकियोस् भन्दै १३० केजीको भेडाको बली

काठमाडौं । आज मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर ईद आज मनाईँदैछ । कोरोनाको उच्च जोखिमका कारण विभिन्न चाडपर्वहरु मनाउन निषेध गरिएको छ । तर पनि घरबाटै विभिन्न कार्यक्रम गरेर पर्वहरु मनाइरहिएको छ ।
यसैबीच भारतको हैदराबादमा एक परिवारले कोरोना भाइरसको महामारी सकियोस् भन्दै बकर ईदको यो अवसरमा १ सय ३० किलोग्रामको भेडाको बली दिएका छन् ।
हैदरावादका मोहम्मद सरवारले यो फैसला लिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सी