कोरोनाका कारण थप एक जनाको मृत्यु

हेटौडा न्युज
१७ श्रावण २०७७, शनिबार १७:३६
;

विरगञ्ज । पर्सामा कोरोना भाईरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

ज्वरो र निमोनिया भएपछि उपचारका लागि अस्पतालमा भर्ना भएकी वीरगञ्ज– १६ नगवाकी ५० वर्षीय महिलाको शुक्रबार बिहान मृत्यु भएको थियो ।

मृत्यु हुनु अघि महिलाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।  शुक्रबार राति आएको रिपोर्टमा ६४ जनामा संक्रमण देखिएको र त्यसमध्ये बयोधामा निधन भएकी महिलामा पनि संक्रमण रहेको पुष्टि भएको नारायणी अस्पतालका डा.निरज सिंहले जानकारी दिए ।

यो सँगै पर्सामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*