रोहित सेट्टीले चलचित्र कर्मचारीलाई सहयोग गर्ने

हेटौडा न्युज
२२ श्रावण २०७७, बिहीबार १६:४४
;

मुम्बई । बलिउड चलचित्र निर्देशक रोहित सेट्टीले चलचित्र कर्मचारीलाई सहयोग गर्ने भएका छन् । कोरोना संक्रमण जोखिम नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनमा समस्या परेका चलचित्रका कर्मचारीलाई निर्देशक सेट्टीले सहयोग गर्ने भएका हुन् ।

विभिन्न समय असाहय, गरिबको सहयोगी बनेका निर्देशक सेट्टीले यो पटक भने चलचित्र निमार्णमा काम गर्ने जुनियर कलाकार, कोरस डान्सर, स्टन्डम्यान, लाइट म्यानलगायतलाई सहयोग गर्ने जनाएका छन् ।

निर्देशक सेट्टीले अहिले प्रसारमा भइरहेको चर्चित टिभी शो ‘खतरो के खिलाडी’ को विशेष संस्करणबाट मिलेको पारिश्रमिक फिल्म कर्मचारीलाई दिने निर्णय गरेका छन् । सहयोग सिधै ब्यक्तिको खातामा जाने उनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*