अवैध सुनसहित एक जना पक्राउ

हेटौडा न्युज
२५ श्रावण २०७७, आईतवार १०:४२
;

विराटनगर । २३ लाख ७१ हजार मूल्य बराबरको अवैध सुनसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१६ दरैया बस्तीबाट सशस्त्र प्रहरीले विराटनगर–१७ का ५६ वर्षीय श्यामलसेन गुप्तालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल बीओपी बखरीको टोलीले गुप्ताको साथबाट २६७ ग्राम सुनको चक्की बरामद गरेको छ । दरैया हुँदै सुन भारत कटाउन लागेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

उनको साथबाट पाँच हजार नेपाली रुपैयाँ, साइकल र मोबाइल पनि बरामद भएको जनाईएको छ । सशस्त्रले पनि आफ्नो हिसाबले अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*