श्वासप्रश्वासमा समस्या देखिएकी एक महिलाको मृत्यु
डडेल्धुरा । श्वासप्रश्वासमा समस्या देखिएकी एक महिलाको मृत्यु भएको छ । श्वासप्रश्वासमा जटिल समस्या भएका कारण गन्यापधुरा गाउँपालिका – ३ की ३८ वर्षीया माधवी शाहीलाई थप उपचारका लागि धनगढी रिफर गरिएको थियो ।
उनी केही दिन अगाडि मात्रै धनगढीबाट गन्यापधुरा–३ मा रहेको घरमा आएकी थिइन् ।
शाहीको शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । मृतक महिलाको आइतबार नै स्वाब संकलन गरेर परीक्षण गरिने सेती अस्पतालले जनाएको छ ।