घुस लिएको आरोपमा सहायक वन अधिकृतसहित ६ जना पक्राउ

हेटौडा न्युज
२८ श्रावण २०७७, बुधबार १४:५४
;

काठमाडौं । उदयपुरस्थित सवडिभिजन वन कार्यालय मैनामैनीका सहायक वन अधिकृतसहित ६ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीको टोलीले घुस लिएको आरोपमा शिवनारायण यादवसहित सवडिभिजन वन कार्यालय लालबजार रामपुरका सहायक वन अधिकृत बिनोदकुमार साह, फोरेस्टर रमेश राई, सवडिभिजन वन कार्यालय मैनामैनीका फोरेस्टर विशेश्वर चौधरी, वन रक्षकद्वय शैलेन्द्र झा र मनोजकुमार राउतलाई पक्राउ गरेको हो ।

सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिएको उजुरी परेपछि प्रहरीको टोलीले खानतलासी गरेको थियो । सो क्रममा घुसबापतको रकम फेला परेपछि उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको जिम्मा लगाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*