फिल्मको शुटिङ सकेर मात्र सञ्जय उपचारका लागि अमेरिका जाने

बलिउड अभिनेता सञ्जय दत्त फिल्मको शुटिङ सकाएर मात्रै उपचारका लागि अमेरिका जाने भएका छन्। फोक्सो क्यान्सरबाट पीडित अभिनेता दत्त ‘सडक–२’ को शुटिङ सकेर मात्र उपचारका लागि अमेरिका जने भएका हुन् ।
दत्त अभिनीत फिल्म ‘सडक–२’को ट्रेलरसमेत रिलिज भइसकेको छ। आउँदो हप्तासम्म बाँकी रहेको शुटिङ सक्ने सञ्जयको योजना रहेको छ।
फिल्म ‘सडक–२’ मा दत्तको डबिंगको केही काम बाँकी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सो काम सकाएर उनी उपचारका लागि प्रस्थान गर्ने छन्।
‘सड़क–२’ यसै महिनाको अन्तिम साता (२८ अगस्ट)मा रिलिज हुनेछ।