सलमान खानको हत्याको योजना बनाउने राहुल पक्राउ

हेटौडा न्युज
३ भाद्र २०७७, बुधबार १५:१४
;

काठमाडौं । भारतीय कलाकार सलमान खानको हत्याको योजना बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

राहुल नाम गरेका व्यक्तिले गत जनवरीमा सलमान खानको रेकी गरेका थिए । प्रहरीका अनुसार राहुल अन्य चार हत्याका घटनामा पनि मुछिएका छन् ।

ती व्यक्तिले लोरेन्सले भनेका कारण चार व्यक्तिको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

आरोपीले सलमान खानको हत्या गर्ने योजना बनाएको स्वीकार गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*