सिन्धुपाल्चोक पहिरोः २८ जनाको शव फेला, ११ जना अझै बेपत्ता

सिन्धुपाल्चोक । जुगल गाउँपालिका– २ लिदी लामागाउँको पहिरोमा बेपत्ता २८ जनाको शव फेला परेको छ । लिदीका १३ घरका बेपत्ता भएका ३९ जनामध्ये २८ जनाको शव फेला परेको हो ।
यसअघि २४ जनाको शव भेटिएको थियो । आहिलेसम्म फेला परेका सबै शवको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान ४ वर्षीय सोनाम दोङ, ४२ वर्षीय विविरानी दोङ, ५ वर्षीय सानुकान्छा दोङ र १८ वर्षीया ललिता दोङको शव भेटिएको हो ।