प्रिमियर लिगको तालिका सार्वजनिक, लिभरपुलको पहिलो खेल लिड्ससँग

हेटौडा न्युज
४ भाद्र २०७७, बिहीबार १५:२२
;

काठमाडौं । प्रिमियर लिगले नयाँ सिजन २०२०–२१ को लागि आफ्नो खेल तालिका सार्वजनिक गरेको छ । सेप्टेम्बर १२ तारिखबाट सुरु हुने लिगअन्तर्गत आफ्नो पहिलो खेलमा च्याम्पियन लिभरपुलले लिड्सको सामना गर्नेछ ।

प्रिमियर लिगको पहिलो दिन ६ खेल हुनेछन् । जसमा क्रिस्टल प्यालेसविरुद्ध साउथह्याम्पटन, फुल्हामविरुद्ध आर्सनल, स्पोर्टसविरुद्ध एभर्टन, वेस्ट ब्रमविरुद्ध लेस्टर सिटी, वेस्टह्मविरुद्ध न्युक्यासल भिड्नेछन् ।

लिभरपुलले लिड्ससँग खेल्दै सिजनको सुरुवात गरेपछि दोस्रो खेल चेल्सी र तेस्रो खेल आर्सनलसँग खेल्नेछ । म्यानचेस्टर सिटी र लिभरपुलले जोभेम्बर ७ मा सिजनको पहिलो भेट गर्नेछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*