‘एक भिलेन–२’ मा जोन र अर्जुन कपुरको भिडन्त

हेटौडा न्युज
४ भाद्र २०७७, बिहीबार १५:४५
;

‘एक भिलेन’ को सिक्वेल ‘एक भिलेन–२’ मा अभिनेता अर्जुन कपुर र जोन अब्राहमको अभिनय हेर्न पाइने भएको छ । यसबारे जानकारी दिँदै निर्माण टिमले ‘एक भिलेन–२’ मा अभिनेता अर्जुन कपुर र जोन अब्राहम पनि जोडिएको जनाएको हो ।

वर्ष सन् २०१४ को हिट चलचित्र ‘एक भिलेन’ को सिक्वेल ‘एक भिलेन–२’मा पहिले नै भित्रिइसकेका अभिनेता जोन अब्राहम र अर्जुन कपुरबीचको भिडन्त नै चलचित्रको मुख्य पक्ष रहने जनाएको छ ।

यसअघि अर्जुनको ठाउँमा आदित्य रोय कपुरलाई राखिएको थियो । यद्यपि आदित्यले प्रोजेक्ट छाडेपछि अर्जुन आएका हुन् ।
‘एक भिलेन २’ खलनायकविरुद्ध खलनायकको भिडन्तबारे हुने निर्देशक मोहित सुरी बताउँछन् । साथै उनले जोन र अर्जुन दुवैै नकारात्मक भूमिकामा हुने पनि जानकारी दिएका छन् ।

यसैका कारण चलचित्रको नाम ‘दो भिलेन’ राख्ने भन्ने खबर पनि बाहिरिएको थियो । तर मोहित र निर्माता एकता कपुरले यस विषयमा केही निर्णय भने लिइसकेका छैनन् ।

स्क्रिप्टको काम सकिसकेको र यही डिसेम्बरबाट छायांकनमा जानका लागि निर्माण टिम अहिले भारतलगायत विदेशमा लोकेसनको खोजीमा जुटेको छ ।

चलचित्रमा यी दुई अभिनेताका साथै दिशा पटानी र तारा सुतारी पनि देखिँदै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*