कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १ सय २६ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौं र पर्साका १ /१ महिला तथा मकवानपुर, सप्तरीका १–१ जना पुरुष र पर्साका २ पुरुष गरी ६ जनाको मृत्यु भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।
त्यस्तै गएको २४ घण्टामा सात सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको छ ।