सशस्त्र प्रहरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
५ भाद्र २०७७, शुक्रबार १४:४४
;

काठमाडौँ । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा थप एक वृद्धको मृत्यु भएको छ । सप्तरी घर भई हाल धापासी काठमाडौँ बस्ने ७७ वर्षीय मुरारीप्रसाद उपाध्यायको मृत्यु भएको हो ।

मुरारीलाई बिहीबार साँझ ग्रिन सिटी अस्पतालबाट रिफर गरेर सशस्त्र अस्पताल ल्याइएको भोलिपल्ट अर्थात शुक्रबार बिहान उनको मृत्यु भएको हो ।

मुरारीको शव व्यवस्थापनको लागि कोही पनि नआएको अस्पतालले जनाएको छ । यसअघि बिहीबार साँझ बालुवाटार निवासी ७६ वर्षीय वृद्धको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*