हेटौंडा जेसीजले प्रविधिमार्फत नै जेसीज सप्ताह मनाउने
मकवानपुर । हेटौंडा जेसीजले प्रविधिमार्फत नै सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । शनिबार भर्चुअल पत्रकार सम्मेलन गर्दै जेसीजले भदौ १३ गतेदेखि १९ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको हो ।
सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन भदौ १३ गते उपाध्यक्ष विकेशलाल श्रेष्ठको संयोजकत्वमा देशव्यापी अनलाइन बुद्धिचाल प्रतियोगिता हुनेछ । त्यस्तै पंकजदास बानियाँको संयोजनमा १४ गते परियोजना प्रस्ताव लेखन तालिमको आयोजना हुनेछ भने १५ गते विवेक आनन्द न्यौपानेको संयोजकत्वमा अन्तर जेसीज व्यापार अन्तरक्रिया कार्यक्रम हुने जनाइएको छ ।
जेसीजका महासचिव विश्व प्रसाद गौतमका अनुसार भदौ १६ गते अन्तर जेसीज वादविवाद प्रतियोगिता हुने भने १७ गते खुला गजल प्रतियोगिता हुने छ । वादविवाद प्रतियोगिताको संयोजन प्रविन गुप्ताले गर्नेछन् भने गजल प्रतियोगिताको संयोजनको जिम्मा लिसेन बस्नेतले लिनेछन् ।
त्यस्तै राज खड्कीको संयोजकत्वमा १८ गते माइन्ड सेट ट्रेनिङ हुनेछ भने १९ गते अन्तर जेसीज वक्तृत्वकलाको फाइनल हुनेछ । जसको संयोजन अमृत वर्तौलाले गर्नेछन् ।
जेसीज अध्यक्ष राजदेव बानियाँ, मुल कार्यक्रम संयोजक एवम् कायकारिणीय उपाध्यक्ष पवनकुमार कंशाकार, उपाध्यक्ष एवम् सहमुल कार्यक्रम संयोजक विकेशलाल श्रेष्ठलगायतको सहभागीतामा भर्चुअल पत्रकार सम्मेलनमा भएको थियो ।