सिल्भा थिएगोले छाडे पीएसजी
काठमाडौं । च्याम्पियन्स लिग २०१९–२० को फाइनलमा बायर्न म्युनिखसंग १–० ले पराजित भएपछि डिफेण्डर थिएगो सिल्भाले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका छन् ।
उनले आफू अझै ३–४ वर्ष खेल्न चाहेको र २०२३ को कतार विश्वकपमा पनि खेल्न चाहेको बताए ।
३५ वर्षीय ब्राजिलियन सेन्टर ब्याक सिल्भाको पीएसजीसंगको सम्झौता पनि हालै सकिएको छ । सिल्भाले केही समय त्यहीँ खेल्न चाहेका थिए, तर पीएसजीले नै राख्न नचाहेको पनि केही सञ्चार माध्यमले उल्लेख गरेका छन् ।