कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या १ सय ६४

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्य भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार १ महिला र ६ जना पुरुषको कारोना संक्रमणबाट मृत्यु भएको हो ।
उनका अनसार संक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, सिरहा, धनुषा, रुपन्देही र पर्साका रहेका छन् ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ सय ६४ पुगेको छ ।