कोरोना संक्रमितलाई लायन्स तथा लियोको खाजा सहयोग

हेटौडा न्युज
९ भाद्र २०७७, मंगलवार १७:०५
;

मकवानपुर । लायन्स क्लब अफ मकवानपुर डाइमन्ड तथा लियो क्लब अफ मकवानपुर डाइमन्डको सहकार्यमा आइसोलेसनमा बसेका कोरोना संक्रमितका लागि खाजा सहयोग गरेको छ । क्लबका सक्रिय सदस्य तथा क्याफेटिया रेस्टुरेन्टका संचालक दिनु पौडेलको संयोजकत्वमा हेटौंडा–६ गौरिटार आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाइ १ सय ४० प्लेट म.म. सहयोग गरेको हो ।

क्लबले म.म. सहित कोरोना संक्रमितका लागि उपयोगी हुने गुर्जो ४० किलो र कागती १० किलो वितरण गरेको छ ।

सेवा नै धर्म हो भन्ने मुख्य उद्देश्यका साथ संक्रमितहरुलाई आजा सहयोग गरेको लायन्स क्लब अफ मकवानपुर डाइमण्डका अध्यक्ष गौतम के.सी.ले बताए ।

कार्यक्रममा गौरिटार आइसोलेसनका इन्चार्ज सागर काफ्ले, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुन चौलागाईं, लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ एरीया २ का एरीया सचिव जे.पि यादव लगायतकाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*