स्रोत नखुलेको साँढे २८ लाखसहित एक जना पक्राउ

हेटौडा न्युज
११ भाद्र २०७७, बिहीबार १२:३१
;

काठमाडौं । रौतहटमा स्रोत नखुलेको साँढे २८ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

ईशनाथ नगरपालिका–९ को लवतनाबाट सशस्त्र प्रहरी बलको टोलीले २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँ सहित स्थानीय २० वर्षीय दिलीपकुमार साहलाई पक्राउ गरेको हो ।

भारतबाट आउँदै गरेको बीआर ३० एन ९५८० नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा उक्त रकम बरामद गरेको हो ।

उक्त रकमबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*