हेटौंडामा ६१ जना संक्रमणमुक्त

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हेटौंडा उपमहानगरपालिकाका दुई आइसोलेसन र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरु कोरोनामुक्त भएको हेटौंडाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईले जानकारी दिएका छन् ।
हेटौंडामा पहिलो पटक धेरै संख्यामा कोरोनामुक्त भएको उनले बताए ।
चौलागाइका अनुसार हेटौंडा–६ गौरीटार आइसोलेसनबाट ३०, हेटौंडा आइसोलेसनबाट १ र होम आइसोलेसनबाट ३० जना गरी ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।